काठमाडौ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भन्सार छलेर ल्याइएका मोवाइल बरामद गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-५ भगतपुरामा अवैध रुपमा भन्सार छलेर ल्याइएका मोवाइल प्रहरीले बरामद गरेको हो।
भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउँदै गरेको स्मार्ट ७ मोवाईल ११ थान पोको एम४ प्रो मोवाइल २५ थान बरामद गरिएको नवलपरासी प्रहरी प्रमुख एवं प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए ।
उक्त मोवाइल दश लाख मूल्य बराबरका छन् । प्रहरी चौकी गिर्मीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।