नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दियो

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, सोमबार

    काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युएइलाई दुई सय ३० रनको लक्ष्य दिएको छ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय २९ रनको योगफल बनायो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रनको योगदान दिए ।

    आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रनमा आउट भए । त्यस्तै सन्दीप लामिछानेले २७ तथा करण केसीले १७ रन बनाए । युएइका लागि जुनेद सिद्धिकीले ३ विकेट लिए भने आर्यन लाक्रा र रोहन मुस्ताफाले समान २÷२ विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।