शिक्षक संघ चुनाव : अध्यक्षमा पॉच जनाको प्रतिस्पर्धा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षक संघ चुनाव : अध्यक्षमा पॉच जनाको प्रतिस्पर्धा

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७९, सोमबार

    दमौली । नेपाल शिक्षक संघ तनहुँको निर्वाचनमा अध्यक्षका लागि पॉच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम समय सोमबार तीन बजेसम्म एक जनाको उम्मेदवारी फिर्ता भएसँगै अध्यक्षमा पॉच जनाको प्रतिस्पर्धा पक्का भएको हो ।

    अध्यक्षमा उम्मेदवारी दिएकी रसामाया गुरुङको उम्मेदवारी फिर्ता भएको छ । अध्यक्षका लागि रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र न्यौपाने, उपेन्द्र विष्ट र चन्द्रमणि कोइरालाको उम्मेदवारी कायम छ ।

    उपाध्यक्षका लागि शिव पन्थ र अशोकचन्द्र वाग्ले, महिला उपाध्यक्षका लागि लक्ष्मी मल्ल र शान्ता बास्तोलाबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सचिव खुल्लामा नरेन्द्र न्यौपाने सर्वसम्मत भएका छन् । सचिवमा उम्मेदवारी दिएका दीपक न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

    सचिव अर्थमा राजु ढकाल र कृष्णप्रसाद तिवारीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सहसचिव खुल्लामा खेमराज रेग्मी, गोविन्द खड्का, दयाराज कट्टेल र विजयराज खनालबीच प्रतिस्पर्धा हुने भएको छ ।

    सहसचिव महिलामा शारदा अधिकारी सर्वसम्मत भएकी छन् । सहसचिव अर्थमा रिसीमाया राना मगर सर्वसम्मत भएकी छन् ।

    सहसचिव समावेशीमा तुलबहादुर गुरुङ, नन्द बहादुर थापा, महेन्द्रकुमार श्रेष्ठ, विष्णुप्रसाद श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

    नयॉ नेतृत्व चयनका लागि फागुन २४ गते मतदान हुनेछ ।