होली मनाउँदै पलले भने – कसैप्रति रिस र प्रतिशोध छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    होली मनाउँदै पलले भने – कसैप्रति रिस र प्रतिशोध छैन

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, सोमबार

    काठमाडौ । नायक पल शाहले तनहुँ कारागारबाट रिहा भएपछि पहिलो पटक सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् । शाहले सोमबार होली मनाउँदै आफ्ना केही भनाई सार्वजनिक गरेका छन् ।

    उनले कसैप्रति रिस र प्रतिशोध नभएको उल्लेख गरेका छन् ।

    उनले भनेका छन् –

    नमस्कार सबैजनालाई 🙏

    सिकाई जीवनभर अनवरत चलिरहने प्रक्रिया हो।
    बितेको एक वर्षलाई मैले सिकाईको उर्बर समयको रुपमा लिएको छु। मनमा न कसैप्रति रिस बाँकी छ न त कुनै प्रतिशोधको भावना। छ त केबल आफ्नो कर्मलाई तिखार्ने र दर्शकको अपेक्षालाई पुरा गर्ने एउटै लक्ष्य। साथै मेरो बितेको एक बर्षको त्यो घटनासंग जोडीएका सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो सदा सम्मान र सद्भाभ।

    र यहाँ कोही कसैको दोष नभएर समयको दोष थियो त्यसैले मेरो अनुरोध, कसैलाई गाली गलौच र नराम्रो ब्यबहार नगरीदीनुहोला। उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस । त्यसैले सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै म फेरी पुरानै संघर्षशील दैनिकीमा फर्किएको छु। मेरो स्वागतमा परिवार, आफन्त, साथीभाइ मात्र होइन हजारौं दर्शकको भिड देख्दा म मात्तिएको छैन। बरु यो शुभेच्छाले मलाई थप जिम्मेवार बनाएको छ।त्यसैले सम्पूर्ण भगवान रुपी प्रिय शुभेच्छुकहरुलाई मनदेखि आभार प्रकट गर्दछु।