मनकामना मन्दिरमा परेवा उडाउन रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनकामना मन्दिरमा परेवा उडाउन रोक

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, मंगलवार

    गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परेवा उडाउन निषेध गरिएको छ । मनकामना क्षेत्र विकास समितिले दुई वर्षअघि रोक लगाए पनि लुकिछिपी उडाउन नरोकिएपछि थप कडाइ गरिएको हो । 

    देशका विभिन्न ठाउँबाट भक्तजनले ल्याएका परेवा वातावरण अनुकूलन नहुँदा र अत्यधिक चिसोका कारण मर्न थालेपछि परेवा उडाउन कडाइ गरिएको हो । दैनिक सयौंको संख्यामा परेवा मर्नेर् क्रम बढेको समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताए । ‘परेवा मर्दा फैलिन सक्ने विभिन्न रोग, दुर्गन्धलगायत अन्य क्षतिलाई मध्यनजर गर्दै परेवा ल्याउन पूर्णरूपमा निषेध गरेका हौं,’ उनले भने । 

    भाकलका लागि भक्तजनले ल्याएका परेवाको रोग मनकामना क्षेत्रमा भएका परेवामा पनि सर्न थालेपछि थप कडाइ गरिएको उनले बताए ।