म र शेरबहादुर बसेर सम्झौता भए एकीकरण हुन सक्छ : गोविन्दराज जोशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म र शेरबहादुर बसेर सम्झौता भए एकीकरण हुन सक्छ : गोविन्दराज जोशी

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, बुधबार

    दमौली । पूर्व गृहमन्त्री एवं जोशी समूहका नेता गोविन्दराज जोशीले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूसँग बसेर कुरा गरे एकीकरणको सम्भावना रहेको बताएका छन् । मंगलबार एक टेलिभिजनमा अन्तरवार्ताका क्रममा जोशीले आफूहरु स्वतन्त्र समूह रहेकाले देउवाले आफूसँग सम्झौता गरे पार्टी एकीकरण बारे सोच्न सकिने बताए ।

    तनहुँमा सात/आठ वर्षका बीचमा आफूहरु छु्ट्टै समूह रहेको बताउँदै उनले भने, ‘यहॉ शेरबहादुर जीहरु कांग्रेस हो, हामीहरु चॉही नेपाली कांग्रेस स्वतन्त्र जोशी समूह हौ । गएको चुनावमा हामी एमालेसँग सम्झौता गरेर चुनाव लड्यौ ।’

    जोशीले आफूहरुलाई कांग्रेसमा समेट्ने इच्छा भए छलफल र वार्ताबाट सम्भव रहेको बताए । ‘जहॉ हामी नै छैनौ त्यसको बारेमा निर्णय गरेर हुँदैन, हाम्रो समूहबाट म र कांग्रेसबाट शेरबहादुर जीबीच सम्झौता हुनुपर्थ्यो,’ उनले भने ।

    कारबाही फुकुवामा अस्वीकार गरिएको बारे प्रष्ट पार्दे उनले भने, ‘अहिलेसम्म मलाई कारबाही गरेको कुरा जानकारीमा पनि छैन, जसलाई कारबाही भएको छैन उसको फुकुवा कसरी हुने, दोस्रो कुरा तनहुँ कांग्रेसमा समस्या छ। हामीहरु लगायत थुप्रै मान्छेहरु जस्तै आठ हजारले क्रियाशील सदस्यता लिएका छैनन्, दुई हजार मान्छेले राजिनामा दिएका छन् । प्रश्न मेरो मात्र होइन ।’

    रामचन्द्र पौडेलबारे सरोकार छैन

    जोशीले रामचन्द्र पौडेलबारे केही सरोकार नभएको बताए । पौडेलले त स्थानीय चुनावमा आफ्ना छोरामाथि आक्रमण हुँदा गोली नै ठोक्नुपर्थ्यो, लाठी मात्रै हानेछन् भनेको विषयमा कारबाही हुनुपर्ने बताए । ‘पुष्पकमल दाहालले पॉच हजा मान्छेको जिम्मा लिन्छु भन्दा यत्रो हौवा मच्चिएको छ, रामचन्द्र पौडेलले चॉही दीपकराज जोशीलाई मार्न पठाको लठ्ठीले मात्रै हानेछन् भन्दा सजॉय हुने की नहुने,’ उनले भने ।

    पौडेल राष्ट्रपति भएपनि आफूहरुको दृष्टिमा अपराधी पनि भएको आरोप लगाए । ‘उहॉका भाई भतिजाले लठ्ठीले हानेका छन्, उहॉले शक्तिको प्रयोग गरेर जाहेरी दरखास्त हुन दिनुभाछैन,’ जोशीले भने ।