तपाईको प्रतिस्पर्धी को ? सर्वेन्द्र भन्छन् – जित्ने मैले हो, दोस्रो को हुन्छ चुनावपछि थाहा पाउनुहुन्छ (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तपाईको प्रतिस्पर्धी को ? सर्वेन्द्र भन्छन् – जित्ने मैले हो, दोस्रो को हुन्छ चुनावपछि थाहा पाउनुहुन्छ (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, बुधबार

    दमौली । वैशाख १० गते हुने तनहुँ-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले निर्वाचन जित्ने बताउँदै आफ्नो प्रतिस्पर्धी परिणाम घोषणापछि थाहा हुने बताएका छन् ।

    प्रेस चौतारी नेपाल तनहुँले बुधबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तनहुँका जनताको विश्वास पाउने बताए । तपाईको प्रतिस्पर्धी कांग्रेस की राष्ट्रिय स्वतन्त्र पार्टी भन्ने प्रश्नमा खनालले भने – मेरो प्रतिस्पर्धी भन्दा पनि जित्ने मैले हो, प्रतिस्पर्धी चुनावपछि थाहा होला ।’

    प्रहरी भएर देशको सेवा गरेको र अब जिल्लावासीको सेवा गर्ने लक्ष्य सहित चुनाव लड्न आएको खनालको भनाई थियो । ‘मेरो बारेमा यहॉका जनताले सुक्ष्म रुपमा अध्ययन गरिदिनुस्,’ उनले भने ।

    आफूलाई राजनीति गर्न आउँदैन भन्ने बारेमा कतै सुनेको भन्दै खनालले आफूले प्रहरी हुँदा धेरै चुनाव गराएको भन्दै राजनीति कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार रहेको प्रष्ट पारे ।

    सांसद अपहरण काण्डबारे सोधिएको प्रश्नमा खनालले राजनीतिक पूर्वाग्रह राखिएको बताए। ‘यो सबै पूर्वाग्रह हो, पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तिले पनि यस्ता आरोप लगाउनुभयो, यो प्रश्नले सधै चिन्तित बनाउँछ,’ उनले भने।

    निर्मला हत्या प्रकरणमा आफूले इमानदार भएर कर्तव्य पूरा गरेको उनले बताए। ‘त्यसमा पनि बिना आधार मलाई आरोप लगाइन्छ,’ उनले भने ।