आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, बुधबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका आधारभूत तथा माध्यमिक तह अध्ययन पश्चात् विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकाले आफ्नै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको हो ।

    माध्यमिक तह अध्ययनपछि प्राविधिक शिक्षा हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापनाका लागि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

    May be an image of tree, sky, nature and mountain

    “प्रविधिक शिक्षा अध्ययनका लागि पोखरा, चितवन, काठमाडौ जानुपर्ने बाध्यता अन्त्य गर्न पालिकाभित्रै प्राविधिक शिक्षालय स्थापना गर्न पहल गरेका छौ, वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिसकेका छौ,” चुमानले भने, “त्यसका लागि जग्गा व्यवस्थापनमा पहलसँगै स्थापना, व्यवस्थापन कार्यमा अगाडी बढेका छौ ।”

    गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा रहेका विद्युत प्राधिकरणको भवनलाई प्राविधिक शिक्षालय बनाउने लक्ष्य राखेको छ । ती भवनहरु विसं २०५० सालदेखि प्रयोगविहिन छन् । उक्त भवन केही समय नेपाली सेनाले प्रयोग गरेको थियो । “उक्त भवन प्राप्त गर्न सकिए प्राविधिक शिक्षालय सञ्चालनका लागि हामीलाई सहज हुन्थ्यो, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा यसबारेमा कुराकानी गर्दा पनि अनुमति पाउन सकेका छैनौ,” चुमानले भने, “त्यसका लागि थप पहल गर्छौ ।”