क्यान्सर पीडित सुनिताको उपचारमा आर्थिक अभाव, सहयाेगकाे अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्यान्सर पीडित सुनिताको उपचारमा आर्थिक अभाव, सहयाेगकाे अपिल

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँको भानु नगरपालिका–६ सिमपानीकी सुनिता पौडेल क्यान्सरबाट पीडित छिन् । १४ महिनादेखि आन्द्रा र पाठेघरको क्यान्सर पीडित बनेकी पौडेलको उपचारमा आर्थिक अभाव भएको छ ।

    घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको पौडेलले बताइन् । उनले हालसम्म छ पटक किमो चढाइसकेकी छिन् । क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने र धेरै रकम लाग्ने हुँदा उपचार गर्न नसकेको उनले गुनासो गरिन् ।

    उनले घरजग्गा बैङ्कमा धितो राखेर हालसम्म उपचार गराइरहेकी छिन् । “थप उपचारका लागि पैसा छैन, कसरी उपचार गर्नेभन्नेमा चिन्तित छु,” उनले भनिन्, “बैङ्कको किस्ता तिर्नका लागि बैङ्कबाट फोन आइरहन्छ ।”

    १४ महिना अगाडी छोरा जन्माएकी उनी छोरा जन्मिएपछि बिरामी परेकी थिइन् । पछि परीक्षण गराउँदा क्यान्सर पुष्टि भएको उनले बताइन् । उनले भनिन्, “उपचार गरेर निको हुन पाए छोराको राम्रोसँग लालनपोषण गर्न सक्थेँ ।”

    भानुका युवा अभियान्ता मनोजकुमार श्रेष्ठले सुनिता पौडेल बचाउ अभियान सञ्चालन गरेका छन् । श्रेष्ठले उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन् ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।