व्यास नपाले दिन थाल्यो श्रम स्वीकृति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नपाले दिन थाल्यो श्रम स्वीकृति

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    दमौली । व्यास नगरपालिकाले श्रम स्वीकृति दिन थालेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयको परिपत्र अनुसार नगरपालिकाले बिहीबारदेखि श्रम स्वीकृति दिन थालेको हो ।

    नगरपालिकाको रोजगार सेवा केन्द्रले व्यास-१ का नीरबहादुर रानाभाटलाई श्रम स्वीकृति प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

    वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौ गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फत् उक्त सेवा पाउन थालेपछि सहज हुने विश्वास गरिएको छ।

    श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसा सम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले श्रम स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिनेछ।

    वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमति पश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिहरुले व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि सम्बन्धित पालिकाको रोजगार केन्द्रमा सम्पर्क गर्न सकिने जनाइएको छ ।