तनहुँ-१ का सांसद वाग्लेले दमौलीमा सम्पर्क कार्यालय खोल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ का सांसद वाग्लेले दमौलीमा सम्पर्क कार्यालय खोल्ने

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    दमौली । तनहुँ-१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले दमौलीमा सम्पर्क कार्यालय खोल्ने भएका छन् । वाग्लेले व्यास नगरपालिका-२ पदमचोकमा सम्पर्क कार्यालय स्थापना गर्न लागेका हुन् ।

    निर्वाचन क्षेत्रका जनतासँग भेटघाटका लागि सम्पर्क कार्यालय खोल्न लागिएको रास्वपा तनहुँका सहसंयोजक सूर्यमणि पौडेलले बताए । उक्त कार्यालयको बुधबार सांसद वाग्लेले उदघाटन गर्नेछन्।