दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको परिचयपत्र नवीकरण गराएको छ । टोल-टोलमा शिविर मार्फत् पालिकाले लाभग्राहीको परिचयपत्र नवीकरण गराएको हो ।
सर्वसाधारणलाई सहज रुपमा सेवा दिने उद्धेश्य सहित टोलमा पुगेर शिविर आयोजना गरिएको एमआएस अपरेटर बसन्ती थापा मगरले जानकारी दिइन् ।
साउन १ गतेदेखि सुरु शिविर साउन १९ सम्म सञ्चालन हुनेछ । हालसम्म वडा नम्बर ८, ३, ५, ४ मा शिविर सम्पन्न भएको छ । ६,२,१ र ७ का केही टोलमा पनि शिविर सम्पन्न भएको र केहीमा बॉकी छ ।
हालसम्म ६५ प्रतिशत लाभग्राहीले परिचयपत्र नवीकरण गराइसकेको गाउँपालिकाले जनाएको छ ।