‘मोवाइल घर’ मा किस्ताबन्दीमा मोवाइल खरिदको सुविधा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘मोवाइल घर’ मा किस्ताबन्दीमा मोवाइल खरिदको सुविधा

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०८०, बुधबार

    दमौली । नयॉ मोवाइल खरिद गर्ने मनस्थितिमा हुनुहुन्छ ? मोवाइल खरिदका लागि एकैचोटी पैसा पुगेन ? त्यसो भए अब चिन्ता लिनपर्दैन ।

    दमौलीमा नै पहिलो पटक व्यास नगरपालिका-२ न्युरोडस्थित मोवाइल घरले किस्ताबन्दीमा मोवाइल किन्न सकिने सुविधा ल्याएको छ । त्यो बिना शुन्य प्रतिशत व्याजदरमा ।

    ‘झन्झटरहित फाइनान्स छिट्टै : हातमा सामसुङ मोवाइल तुरुन्तै’ योजना अन्तर्गत सामसुङका विभिन्न मोडलमा किस्ताबन्दीको सुविधा उपलब्ध गराइएको मोवाइल घरका सञ्चालक सुमिन मल्लले जानकारी दिए ।

    यसका लागि मोवाइलको मोडल अनुसारको रकममा ४० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्नेछ । बॉकी ६० प्रतिशत रकम भने एक वर्षको अवधिमा बिना व्याज तिर्न सकिने सुविधा रहेको मल्ल बताउँछन् ।