दमाैली । तनहुँको व्यास नगरपालिका–५ मानुङमा भरुवा बन्दुकले हानेर श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । सोही ठाउँका ५६ वर्षीय श्रीप्रसाद आलेले श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।
राति ११ बजेको समयमा भरुवा बन्दुकले हानेर घाइते गीतालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा १२ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
श्रीप्रसाद आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरायसी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रनाउ खाँणले भने, “घरायसी झगडाका कारण घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, घटनाबारे अनुसन्धान गरिरहेका छौ । निजलाई राति नै पक्राउ गरिसकेको छ ।”