दमौली । तनहुँको भानु नगरपालिका-१३ सम्जुरस्थित चण्डीको थानमा टिकटक पार्क बनाउन गाउँका युवा कस्सिएका छन् । यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन गाउँका युवा कस्सिएका हुन् ।
यस ठाउँमा ३० फिटको राष्ट्रिय झण्डा, बालबालिकाका लागि टिकटक पार्क निर्माण थालिएको स्थानीय अर्जुन बानियॉले जानकारी दिए । आफ्नो गाउँ आफै बनाऔ भन्ने अभियान अन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा काम अगाडी बढाइएको उनले बताए ।
‘यसका लागि भानु घर भई विदेशमा रहेकालाई जोड्छौ, स्थानीय युवाहरु श्रमदानमा खटिएका छन्,’ उनले भने ।