कांग्रेसको विशेष आन्तरिक अभियानका लागि तनहुँमा नानु बास्तोला खटिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेसको विशेष आन्तरिक अभियानका लागि तनहुँमा नानु बास्तोला खटिइन्

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८०, बुधबार

    दमौली। नेपाली कांग्रेसले पार्टीको वार्षिक कार्य योजना पारित भएलगत्तै पहिलो चरणमा संगठन सुदृढीकरण अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि घटाएको छ ।

    केन्द्रीय कार्यालयले साउन २० देखि ३० गतेसम्मको अवधि तोकेर जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

    जसअनुसार तनहुँमा केन्द्रीय सदस्य नानु बास्तोलालाई खटाइएको छ ।

    यस क्रममा बैठक, भेलाहरू गर्ने, रिपोर्टिङ लिने र आन्तरिक विवाद समाधानदेखि क्रियाशील सदस्यता वितरण तथा नवीकरणलगायतका काम हुने बताइएको छ ।

    केन्द्रीय प्रतिनिधिहरूले दोस्रो चरणको अभियानमा पनि जिल्लामा बसेर अनुगमन गर्ने बताइएको छ । यस क्रममा गाउँ गाउँमा सेवा दल गठन हुनेछन् ।