दमाैली । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा बन्दुक प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् विरुद्ध तनहुँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ । मानुङकोटस्थित स्वामिचौतारा बस्ने ५६ वर्षीय श्रीप्रसाद आले विरुद्ध बुधबार तनहुँ अदालतबाट चार दिनको म्याद थप भएको हो ।
श्रीप्रसादले मङ्गलबार राति ११ बजेको समयमा भरुवा बन्दुक प्रहार गरी श्रीमती ३७ वर्षीया गीता आले मगरको हत्या गरेका थिए । घटनामा संलग्न आलेलाई राति नै भरुवा बन्दुक सहित नियन्त्रणमा लिई निज उपर कर्तव्य ज्यान मुद्धा शीर्षकमा अदालतबाट म्याद थप गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
भरुवा बन्दुक प्रहारबाट घाइते गीतालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले १२ बजे मृत घोषणा गरेका थिए । घरायसी विवादका कारण घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।