दमौली। तनहुँ-१ का संघीय सांसद डा. स्वर्णिम वाग्लेले ऑबुखैरेनी अस्पतालको बुधबार निरीक्षण गरेका छन् । निर्वाचन क्षेत्र आइपुगेका सांसद वाग्लेले ऑबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको अस्पतालको निरीक्षण गरेका हुन् ।
त्यसक्रममा डा. वाग्लेले स्थानीय सरकारको प्रयासमा अस्पताल सञ्चालन भएकामा प्रशंसा गरे ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अबको १० वर्षपछिको सामाजिक क्षेत्रको विकास, भौतिक विकास, पर्यटन र कृषि विकासको परिकल्पना र हालको विकासको गतिसँग आफू प्रभावित रहेको डा. वाग्लेले बताए । उनले ऑबुखैरेनीको समृद्धिका लागि सहकार्य गरेर काम गर्न तयार रहेको उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष चुमानले अस्पतालको वर्तमान अवस्थाका बारेमा जानकारी गराउँदै यसको सेवा विस्तारका योजना बारेमा प्रष्ट्याएका थिए ।