प्रहरीद्वारा २२ जुवाडे पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रहरीद्वारा २२ जुवाडे पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८०, शुक्रबार

    लमजुङ । लमजुङकाे मर्स्याङदी गाउँपालिका-९ मा जुवा खेल्दै गर्दा प्रहरीले २२ जना जुवाडेलाई पक्राउ गरेकाे छ । स्थानीय एक व्यक्तिकाे घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेकाे हाे ।

     विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।