देवघाटमा प्रहरीद्वारा हवाइ फायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा प्रहरीद्वारा हवाइ फायर

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँको देवघाट गाउँपालिका–५ साडेबगरमा प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको छ । स्थानीय बुद्धसिंह गुरुङको घरमा शुक्रबार प्रहरीले खानतलासी गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो ।

    उक्त घरमा ओखटेपहरा रहेको सूचनाको आधारमा अनुसन्धानका लागि प्रहरीले खानतलासी गर्न खोजेको थियो । स्थानीयवासीले भने ती व्यक्तिलाई फसाउन खोजिएको भन्दै अवरोध गरेका थिए । केही बेर असामान्य स्थिति बनेपछि प्रहरीले हवाइ फायर गरेको देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुंवरले जानकारी दिए ।

    उनले भने, “उहाँ दोषी होइन भन्दै स्थानीयवासी विरोधमा उत्रिनुभएको हो, चरा मार्न नजान्ने मान्छेले यस्तो काम गर्दैन भन्ने स्थानीयको भनाइ छ । यही कुरामा विवाद भएको हो ।”

    उहाँका अनुसार अहिले अवस्था शान्तिपूर्ण रहेको र प्रहरीसँग छलफल भइरहेको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने स्थानीयवासीको आवाज रहेको कुंवरले बताए ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले भने घटनाको बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरीप्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।