देवघाटमा गैडाको खाग खोज्दा भेटियो ‘काठको टुक्रा’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाटमा गैडाको खाग खोज्दा भेटियो ‘काठको टुक्रा’

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८०, शुक्रबार

    दमौली । तनहुँको देवघाट गाउँपालिका-५ सांढेबगरमा गैडाको खाग भनी खानतलासी गर्दा ‘काठको टुक्रा’ भेटिएको छ ।

    इलाका वन कार्यालय देवघाटको सूचनाका आधारमा प्रहरीले बल प्रयोग गरी एक व्यक्तिको घरमा खानतलासी गर्दा ‘काठको टुक्रा’ जस्तो वस्तु भेटिएको हो ।

    त्यसक्रममा स्थानीय र प्रहरीबीच असामान्यस्थित पैदा हुँदा केही राउण्ड हवाइ फायर समेत भएको थियो ।

    स्थानीय एक व्यक्तिको घरको शौचालयको छानामा एउटा झोलामा वन्यजन्तुको हाडखोर राखेको आशंकामा प्रहरीले बल गरेको थियो । प्रहरीले ठूलो बल प्रयोग गरि उक्त झोला खोलेर हेर्दा गैंडाको खागको आकारको काठको टुक्रा भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले उक्त विषयमा वनले अनुसन्धान गर्ने बताए । उनले भने, ‘हामी त वनको अनुरोधमा सहयोग गर्न गएका हौ, यसको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई नभई वनलाई छ । वनले के हो भन्ने विषयमा अनुसन्धान गर्ला ।’

    डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले फेला परेको वस्तु गैडाको खाग नभई काठको टुक्रा नै भएको बताए । उनले भने, “हामीलाई सूचना आउँदा गैडाको खाग भन्ने सूचना आएको थियो । उक्त वस्तु आइतबार डिभिजन वन कार्यालयमा आउने र यस विषयमा थप अनुसन्धान गर्छाै ।”

    प्रहरीले फसाउन खोजेको स्थानीयको आरोप

    उक्त घटनामा प्रहरीले नै फसाउन खोजेको स्थानीयले आरोप लगाएका छन् । इप्रका देवघाटका असईले आफैले उक्त झोला राखेर सर्वसाधारणलाई फसाउन खोजेको स्थानीयको आरोप छ ।

    सो झोला प्रहरीले प्रहरी कार्यालयमा लैजान खोजेको थियो । तर सबैको रोहबरमा खोल्नुपर्छ भनेपछि त्यही खोलेर हेर्दा काठको टुक्रा भएको पुष्टि भएको थियो ।