प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउनै पर्छ : प्रधानमन्त्री

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८०, शुक्रबार

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र ‘सेन्टर अफ एक्सिलेन्स’का रूपमा विकास गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट बनाउन लागिपरेको बताए ।   
      
    उनले भने, ‘‘अहिले म प्रधानमन्त्री भएर आएको सात महिना बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देशको सर्वोच्च कार्यकारी कार्यालय हो । यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिङ्गो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्ब झल्कन्छ । त्यसैले हामी स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रुपमा विकास हुन जरुरी छ । प्रधानमन्त्री कार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ ।”   
      
    प्रधानमन्त्री दहालले हरेक वर्ष लक्ष्यअनुरूपको परिणाम हासिल नहुनुका मूल कारण पत्ता नलगाई तदर्थवादी ढङ्गले हामीले लक्ष्य हासिल गर्न नसकिने बताए । निर्धारण गरिएका लक्ष्यअनुसारका योजनालाई किन समयमै सम्पादन गर्न सक्दैनौँ भनि प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको उल्लेख गरे ।