केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    केदारनाथ पहिरोमा १३ नेपाली बेपत्ता

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०८०, शनिबार

    काठमाडौ । भारत उत्तराखण्डको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डनजिकै बिहीबार राति ठूलो वर्षासँगै खसेको पहिरोमा परी नेपालका १३ र भारतका ६ जना बेपत्ता भएका छन् ।

    केदारनाथ प्रवेश गर्ने मुख्य विन्दुमा पर्ने गौरीकुण्डमा पहिरोले नेपालीले सञ्चालन गर्दै आएका तीन होटल बगाएको छ । पहिरोमा परी जुम्ला पातारासी–३ चौरगाउँका एकै परिवारका ७, पातारासी–२ का ३ र हुम्लाका ३ सहित १३ जना बेपत्ता भएका हुन् । तीमध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको गौरीकुण्डस्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज कुलेन्द्रसिंह रावतले जानकारी दिए । उनीहरूको सनाखत भएको छैन ।

    पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतले २८ वर्षीय अमर बोहोरा, उनकी पत्नी २६ वर्षीया अनिता, १४ वर्षीया छोरी राधिका, ८ वर्षीया छोरी पिंकी, ७ वर्षीय छोरा पृथ्वी, ६ वर्षीय छोरा जटिल र ३ वर्षीय छोरा वकिल बेपत्ता भएको बताए । 

    गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराका अनुसार पातारासी–२ पेरेका २२ वर्षीय चन्द्र नेपाली र ५५ वर्षीया धनराज बुढा पनि सोही पहिरोमा बेपत्ता भएका छन् । भारतीय सञ्चारमाध्यमले पातारासी–२ कै सुखराम रावत, हुम्लाका वीरबहादुर, उनकी पत्नी सुमित्रा र छोरी निशा पनि बेपत्ता भएको जनाएका छन् । (इकान्तिपुरबाट)