दमाैली । व्यास नगरपालिका–५ पाटनस्थित घुटुक्डी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा बाबुलाम श्रेष्ठ चयन भएका छन् । शनिबार सम्पन्न आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा झुलबहादुर थापा, कोषाध्यक्षमा मिना खनाल, सहसचिवमा जुना आले र सदस्यहरुमा बन्धुराज लामिछाने, नविन नेपाली, छलिमाया थापा, मिना आले र नरमाया रिलामी चयन भएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास–५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, वडा सदस्य केशरी थापा लगायतले बोलेका थिए ।