हत्या गरी भागेका चापागाई साधुको भेषमा बसिरहेका थिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हत्या गरी भागेका चापागाई साधुको भेषमा बसिरहेका थिए

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८०, मंगलवार

    चितवन। नाताले हजुरआमा पर्ने भरतपुर महानगरपालिका वडा नं. ७ की मनकुमारी वाग्लेको हत्या गरेर १९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

    २०६१ मंसिर १४ गते हजुरआमा वाग्लेको घरमा बस्न आएका भरतपुर महानगरपालिका वडा नं. २८ का हाल ४३ वर्षीय तोयनाथ चापागाईलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको हो ।

    चापागाई २४ वर्षको हुँदा हजुर आमाको हत्या गरेका थिए । उनलाई पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ बाढीपीडित भन्ने स्थानको एक मन्दिरबाट जोगीको भेष धारण गरेर बसिरहेको बेला असोज २२ गते सोमवार (हिजो) इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा जिल्ला प्रहरी कार्यालय चितवनले टोलीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ ।