


दमौली । नेपालीको महान पर्व दशैका लागि मुग्लिन पोखरा सडकखण्ड सवारी साधन सञ्चालनका लागि सहज बनाइने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
विभागका अनुसार मुग्लिन पोखरा अन्तर्गत कोत्रेबाट २१ किलोमिटर काठमाडौतर्फको सडक दशैका लागि सडक विभागले मर्मत गर्ने निर्णय भएको छ ।

त्यस्तै पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड मर्मत गरिने भएको छ ।
विस्तारको क्रममा रहेको मुग्लिन पोखरा सडकखण्डमा यतिबेला यात्रुहरुले सास्ती भोगिरहेका छन् ।
