दोस्रो पाटन महोत्सव बुधबारदेखि, मन्त्री आलेले उद्घाटन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दोस्रो पाटन महोत्सव बुधबारदेखि, मन्त्री आलेले उद्घाटन गर्ने

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८०, मंगलवार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ पाटनमा सञ्चालन हुने दोस्रो पाटन खेलकुद, कृषि, व्यापार, सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी करिब पूरा भएकाे छ । पाटन युवा क्लवको आयोजनामा असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने महोत्सव हुँदैछ ।

    महाेत्सवकाे गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

    यसअघि क्लवले विसं २०७८ मङ्सिर २४ गतेदेखि पुस ५ गतेसम्म प्रथम पाटन महोत्सवको आयोजना गरेको थियो । पाटन क्षेत्रको पर्यटकीय विकासका लागि क्लवले महोत्सव गर्न लागेको क्लवका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए।

    उनले भने, “पाटन पराशर ऋषिको तपोभूमि पनि हो, पर्यटकीय हिसाबले यो ठाउँको विशिष्ट महत्व छ, पर्यटकीय स्थल मानुङकोट पनि यही वडामा पर्छ । यस क्षेत्रको धार्मिक तथा पर्यटनको विकासमा टेवा पु¥याउन महोत्सवले सहयोग गर्ने विश्वास गरेका छौ ।”

    १५ हजार दर्शकले अवलोकन गर्ने महोत्सवमा रु ३० लाखको कारोवार हुने अनुमान गरिएको थापाले जानकारी दिनुभयो । महोत्सवमा दुई सय वटा व्यापारिक स्टल रहनेछन् । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई टिकट निःशुल्क हुने उनकाे भनाइ छ । महोत्सवमा भलिबल प्रतियोगिता समेत आयोजना गरिनेछ ।

    महोत्सवलाई सबै सङ्घसंस्था, क्लवको सहयोग रहने विश्वास व्यक्त गर्दै महोत्सव सफल हुने आयोजकको भनाइ छ ।