जनताकाे आवाजलाई सम्बाेधन गरेकामा सरकारलाई धन्यवाद : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनताकाे आवाजलाई सम्बाेधन गरेकामा सरकारलाई धन्यवाद : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८०, बुधबार

    काठमाडाै । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले इजरायलमा रहेका विद्यार्थीलाई उद्धार गर्न जाने सरकारकाे निर्णय स्वागतयाेग्य रहेकाे बताएका छन् ।

    श्रेष्ठले असाेज २२ गतेकाे प्रतिनिधिसभा बैठकमा इजरायलमा अलपत्र परेका नेपालीकाे उद्धार गरी नेपाल ल्याउनका लागि सरकारले परराष्ट्रमन्त्रीलाई पठाउनुपर्ने माग गरेका थिए । साेही मागलाई सरकारले सम्बाेधन गरेकामा श्रेष्ठले सरकारप्रति आभार व्यक्त गरे ।

    उनले भने, ‘असोज २२ गतेको प्रतिनिधि सभा बैठकमा मैले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धार गरी नेपाल ल्याउनका लागि सरकारले परराष्ट्रमन्त्रीलाई पठाउनुपर्ने माग राखेका थिएँ । त्यसलाई आजको मन्त्रिपरिषद्को बैठकले पराराष्ट्रमन्त्री एनपी साउदलाई पठाउने निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु । त्यो मेरो मात्र माग थिएन, सम्पूर्ण नेपाली जनता अनि इजरायलमा अलपत्र परेका नेपालीहरुको आवाज थियो ।’

    सरकार चाहिने भनेकै जनतालाई दुःख अनि अप्ठेरो परेको बेलामा उनकाे भनाइ छ । श्रेष्ठले आतंककारीहरुको हमलाबाट अनाहकमा ज्यान गुमाएका १० जना नेपालीहरुको शवलाई पनि प्रक्रिया पुर्याएर छिटोभन्दा छिटो नेपाल ल्याउने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छन् ।

    साथै मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप १० लाख रुपैयाँ दिने सरकारको निर्णय स्वागतयोग्य रहेकाे बताउँदै उनले यो पनि छिटोभन्दा छिटो मृतकका परिवारको हातमा पुर्याउनका लागि जोडदार माग गरेका छन् ।