विश्वकप क्रिकेट : भारतको सहज जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विश्वकप क्रिकेट : भारतको सहज जित

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८०, बुधबार

    काठमाडौ । घरेलु टोली भारतले जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार अफगानिस्तानविरुद्ध भिडेको भारत ८ विकेटले विजयी भयो । अफगानिस्तानले दिएको २ सय ७३ रनको लक्ष्य, भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

    भारतका रोहित शर्माले १३१ र इसन किसनले ४७ रन बनाए । विराट कोहलीले पनि अविजित ५५ रन जोडे । रोहितले पहिलो विकेटका लागि किसनसँग १५६ र दोस्रो विकेटका लागि विराट कोहलीसँग ४९ रनको साझेदारी गरेका थिए ।

    रोहितले ६३ बलमा सतक पुरा गरे। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ औँ सतक बनाएका हुन् ।