नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री सहितको टोली इजरायल प्रस्थान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री सहितको टोली इजरायल प्रस्थान

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८०, बिहीबार

    काठमाडौ । इजरायलमा रहेका नेपालीको उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

    गएराति इजरायल उड्ने भनिएको नेपाल एयरलाइन्सको जहाज आज बिहान ४ बजे इजरायल प्रस्थान गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । उक्त जहाजले इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई स्वदेश ल्याउनेछ ।  

    सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपाली विद्यार्थीको शव भने तत्काल नआउने भएको छ ।