रास्वपा सांसद वाग्लेकाे पहलमा बुद्ध दाहाल बहिरा विद्यालयलाई एक लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपा सांसद वाग्लेकाे पहलमा बुद्ध दाहाल बहिरा विद्यालयलाई एक लाख

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८०, बिहीबार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको पहलमा व्यास-१ खकाैलीस्थित बुद्ध दाहाल बहिरा आवासीय प्राथमिक विद्यालयलाई रु एक लाख हस्तान्तरण गरिएको छ । रु तीन लाख उपलब्ध गराउने प्रतिबद्धता बमोजिम पहिलो चरणमा निकाे फाउण्डेशनबाट रु एक लाख बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विकास सिग्देल, नेता विश्व बास्तोला, सूर्यमणि पौडेल लगायतले उक्त रकमको चेक विद्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका छन् । केही समय अगाडी सांसद वाग्लेसँगको भेटमा विद्यालयलाई आर्थिक सङ्कट भएको बारेमा जानकारी गराइएको थियो ।

    कक्षा १ देखि ५ सम्म सञ्चालित उक्त विद्यालयमा २८ बहिरा विद्यार्थी छन् । ती विद्यार्थी बस्नका लागि विद्यालय आडैमा आवासगृह भवन निर्माण गरिएको छ । आर्थिक स्रोत नहुँदा विद्यालय सङ्कटमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिजङ्ग बस्नेतले बताए ।