कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको पनि दाबी, एमालेको समर्थन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको पनि दाबी, एमालेको समर्थन

    खबरपुञ्ज संवाददाता

    २४ आश्विन २०८०, बिहीबार

    विराटनगर । नेपाली कांग्रेसका केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् ।

    कार्कीले आफूलाई नेकपा एमालेको पनि साथ रहेको दाबी गरेका छन्। कार्की कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्।

    सत्ता गठबन्धनभित्र कोशी मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो। तर नेता कोइराला पक्षका सांसदहरूले कार्कीलाई नै मुख्यमन्त्री बनाउने अडान लिइरहेका छन्।