दमौली । डेंगु संक्रमणबाट व्यास नगरपालिका-४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । डेंगु संक्रमणबाट उपचाररत उनको शुक्रबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनी दमौलीस्थित कन्काई ग्लोवल एकेडेमीमा अध्ययनरत थिए । उनको मृत्यु भएपछि विद्यालयले शोक बिदा दिएको छ ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले मृत्युबारे आफूले सुनेको तर आधिकारिक रुपमा जानकारी आउन बॉकी रहेको जानकारी दिए ।
योसँगै व्यास नगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या पॉच पुगेको छ ।