उज्यालाे घरलाई सांसद वाग्लेकाे पहलमा ५० हजार सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालाे घरलाई सांसद वाग्लेकाे पहलमा ५० हजार सहयाेग

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८०, शुक्रबार

    दमाैली । व्यास नगरपालिका-१० वैरेनीस्थित उज्यालाे घरलाई तनहुँ क्षेत्र नम्बर १ का सांसद डा. स्वर्णिम वाग्लेकाे पहलमा ५० हजार सहयाेग गरिएकाे छ । निकाे फाउण्डेशनमार्फत् उज्यालाे घरलाई शुक्रबार ५० हजारकाे चेक हस्तान्तरण गरिएकाे छ ।

    रु एक लाख सहयाेग गर्ने कार्यक्रम अन्तरगत पहिलाे चरणमा ५० हजारकाे चेक राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व बास्ताेला र सूर्यमणि पाैडेलले हस्तान्तरण गरेका छन् ।

    उज्यालाे घरका बालबालिकाकाे पाेशाक र पाेषण खानाका लागि उक्त सहयाेग गरिएकाे हाे । उज्यालाे घरमा हाल सात जना बालबालिका छन् ।