एमसीसी अन्तर्गत तीन वटै प्रसारण लाइनको ठेक्का रद्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमसीसी अन्तर्गत तीन वटै प्रसारण लाइनको ठेक्का रद्द

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८०, शुक्रबार

    काठमाडौं । एमसीसी परियोजनाअन्तर्गत बन्ने ३ वटा प्रसारण लाइन आयोजनाको लागि खोलिएको ठेक्का रद्द भएको छ । लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।

    अब एमसीए नेपालले पुनः ठेक्का खुलाउने छ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो । यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ ।

    तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने छ ।

    लप्सीफेदी-रातमाटे-न्यू हेटौँडा १ सय १७ किलोमिटर लामो प्रसारण लाइन ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । रातमाटे-दमौली ९० किलोमिटर लामो ४ सय केभी निर्माण हुने छ । भने, न्यू दमौली-न्यू बुटवल प्रसारण लाइन ९० किलोमिटर लामो र नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनको खण्डको १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणगरिने छ ।