काठमाडाै । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले इजरायलमा ज्यान गुमाएका दश विद्यार्थीकाे शव छिटाे भन्दा छिटाे नेपाल ल्याउन सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
सांसद श्रेष्ठले शुक्रबार सामाजिक सञ्जाल मार्फत् आतङ्ककारीकाे हमलामा परी ज्यान गुमाएका दश नेपालीकाे शवलाई छिटाेभन्दा छिटाे नेपाल ल्याउने प्रकृया मिलाउन अनुराेध गरेका हुन् ।
साथै उनले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गरी नेपाल ल्याएकोमा सरकारलाई धन्यवाद दिएका छन् । अझै बपत्ता रहेका विपिन जोशीको खोजी गर्नका लागि सरकारले छिटोभन्दा छिटो कुटनीतिक पहल गर्न जरुरी रहेकाे उनकाे भनाइ छ ।