कोशीमा भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोशीमा भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने सहमति

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८०, शुक्रबार

    विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङ र केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागदावी गरेका सांसदहरुबीचको छलफल सकिएको छ । आजै कांग्रेसका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच यस्तो सहमति भएको हो एमाले सांसद रेवती भण्डारीले जानकारी दिए ।  

    छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी थिए भने अन्य सांसदहरू हलमा कुरेर बसेका थिए । 

    कार्कीद्धयसँगको छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेका थिए । तर कार्कीद्धयले भने आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान गरे पनि अन्ततः भोलिसम्म कुर्न उनीहरू सहमत भएर प्रदेश प्रमुखको कार्यालयबाट बाहिरिएका छन् ।