काठमाडौं । जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले बताए ।
न्यायाधीश डण्डपाणि शर्माको इजलासले घटनामा उनी संलग्न रहेको प्रारम्भिक निष्कर्ष निकाल्दै थुनामा पठाउनुपर्ने आदेश गरेको हो ।