विजया दशमीको टीकासँगै आशीर्वाद थाप्न हिँड्नेको चहलपहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विजया दशमीको टीकासँगै आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।

    दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । घरमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी मामाघर, ससुरालीलगायत आफन्तकहाँ जानेका कारण चहलपहल बढेको हो ।

    आज दिउँसोपछि आइतबार र सोमबारको भन्दा धेरै चहलपहल देखिएको छ । आज धेरैले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा टीका लगाएका थिए । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ । आज टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ : ०२ बजेको साइत निकालेको थियो ।

    विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।