राप्रपाद्वारा शोकसभाबाट भूकम्प पीडितलाई राहत सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राप्रपाद्वारा शोकसभाबाट भूकम्प पीडितलाई राहत सङ्कलन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । राष्ट्रिय प्रजातन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्यसमितिले जाजरकोट भूकम्प पीडितका लागि राहत सङ्कलन गरेको छ । सो पार्टीले शनिबार आयोजना गरेको भेटघाट तथा शोकसभाबाट भूकम्प पीडितका लागि राहत सङ्कलन गरेको हो ।

    उक्त कार्यक्रममा सहभागी पार्टीका नेता तथा कार्यकर्ताबाट रु ४६ हजार एक सय ३५ सङ्कलन भएको सो पार्टीका जिल्ला अध्यक्ष विनाेद घर्तीले जानकारी दिए। उक्त रकम पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमार्फत् सरकारी कोषमा सहयोग गर्ने घर्तीले बताए ।

    उनले भने “पार्टीले आयोजना गरेको भेटघाट तथा शोकसभामा उपस्थिति सबैले आफूले सकेको रकम सहयोग गर्नुभएको हो । सबैले थोरै–थोरै रकम जुटाउन सकिए धेरै हुन्छ । हामीले पनि सकेको ग¥र्यौ ।”

    सो कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रले देश आज शोकको घडीमा रहेकाले यो विपद्को अवस्थामा सरकारलाई पार्टीका तर्फबाट सहयोग रहने बताए। भूकम्प पीडितको राहत र उद्धार पहिलो प्राथमिकता रहेको बताउँदै उहाँले सरकारलाई यस कामका लागि पार्टीका तर्फबाट पूर्ण सहयोग रहने उल्लेख गरे ।