भूकम्प पीडितका लागि पल शाहको ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूकम्प पीडितका लागि पल शाहको ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं । जाजरकोट भूकम्पका पीडितलाई अभिनेता पल शाहले ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । तत्कालका लागि आफूले सामाजिक संस्था टीम नेपालबाट आर्थिक सहयोग प्रदान गरेको पलले सामाजिक संजालमा जनाएका छन् ।

    उक्त संस्थाको राहत र स्वास्थ्य टोली जाजरकोट पुग्ने समेत पलले उल्लेख गरेका छन् । धेरै घर भत्केकाले नागरिक खुला आकाशमुनि बस्न र खानपिनको ब्यवस्था नभएको बताउँदै पलले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

    यो दुःखद घडीमा सम्पूर्ण नेपाली एक भएर उद्दार र सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । फिल्म निर्माता तथा निर्देशक आकाश अधिकारीले आफूसँग भएको ५०–७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाएका छन् ।