रिलायबल इस्योरेन्सद्वारा एक करोड दुई लाख मृत्युदावी भुक्तानी हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रिलायबल इस्योरेन्सद्वारा एक करोड दुई लाख मृत्युदावी भुक्तानी हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०८०, आईतवार

    चितवन । गत वैशाखमा  निधन भएका  गैँडाकोट नगरपालिका वडा नम्बर १६, नवलपुरका स्वर्गीय प्रदिप ज्ञवालीको परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रु एक करोड दुई लाख बराबर मृत्यु दाबी भुक्तानीको  चेक हस्तान्तरण गरेको छ।

    स्वर्गीय ज्ञवालीको परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि गैँडाकोट शाखाले शनिबार निवासमै पुगेर चेक हस्तान्तरण गरिएको कम्पनीका गैडाकोट शाखाका शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए।

    गैडाकोट शाखाका प्रमुख नारायण पौडेलका अनुसार स्वर्गीय ज्ञवालीले दुई किस्ता बपत रु चार लाख ५० हजार कम्पनीमा बीमा बापत बुझाएका थिए ।