काठमाडौ । भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तले बुझेका छन्।
शुक्रबार राति ११:४७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको हो।
जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।
सबै मृतकको शव आफन्तले बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ।
यस्तै भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्। १४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्।