गण्डकीका एमाले सांसदले सात दिनको तलब भूकम्पपीडितलाई दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीका एमाले सांसदले सात दिनको तलब भूकम्पपीडितलाई दिने

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०८०, आईतवार

    पाेखरा । नेकपा(एमाले)बाट गण्डकी प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्यले एक हप्ता बराबरको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । संसदीय दलको आइतबारको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु दुई लाख ७९ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

    दलका २१ जना सदस्यको एक हप्ताको पारिश्रमिक बराबरको उक्त कोषमा दाखिला गर्ने निर्णय गरेको दलका नेता खगराज अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । आफूहरूले सुरुवात गरेको र पार्टीले पनि सहयोग सङ्कलन गर्न सक्ने भएकाले तत्काललाई एक हप्ताको मात्रै पारिश्रमिक पठाउन लागेको जानकारी नेता अधिकारीले बताए।

    गण्डकीमा एमालेका उपसभामुखसहित २२ जना प्रदेशसभा सदस्य छन् । दलका नेता खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले घाइतेको उपचारमा आवश्यक परेमा थप सहयोगसमेत प्रदान गर्ने बताए। साथै बैठकले भूकम्पबाट ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।–––