काठमाडाै । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार जाजरकाेटकाे रामिडाँडा केन्द्रविन्दु भएर ५.८ काे भूकम्प गएकाे हाे ।
भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।