लागुऔषध दमाैलीका दुई पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लागुऔषध दमाैलीका दुई पक्राउ

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०८०, सोमबार

    दमाैली । तनहुँका व्यास नगरपालिका-१३ छाब्दीदाेभानबाट लागुऔषध सहित दमाैलीका दुई जना पक्राउ परेका छन् । छाब्दी दोभान स्थित बुद्ध सिं मार्गमा बेलबास तर्फबाट दमौली
    आउँदै गर्दा व्यास-३ का ३३ वर्षीय बुद्धिमान गुरुङ र व्यास-२ भेटघाटचाेक बस्ने ३४ वर्षीय सहिदा भन्ने सना खान पक्राउ परेका हुन् ।

    बुद्धिमान गुरुङले चलाई ल्याउदै गरेको ग २२ प ५८३६ नं. को स्कुटर रोकी जाँच गर्दा साेमबार निजहरुलाई लागुऔषध सहित पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।

    निजहरुकाे शरीर तथा स्कुटरको डिक्की भित्र समेत अबैध रुपमा लुकाएको डाइजेपाम ३८, बुफ्रिन ३५ र हाइड्राेक्लाेइराइड ३९ गरी ११२ एम्पुल लागुऔषध बरामद गरिएकाे छ ।

    निजहरुलाई साेमबार नै तनहुँ अदालतबाट लागुऔषध मुद्धामा ६ दिनकाे म्याद थप गरिएकाे छ ।