तनहुँमा पुस ९-१० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा पुस ९-१० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०८०, सोमबार

    दमौली । तनहुँ जिल्लामा आगामी पुस ९-१० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेको अध्यक्षतामा सोमबार बसेको बैठकले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

    बैठकमा जिल्लाका दशवटै पालिकामा युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुखको सहभागिता रहेको थियो । बैठकले पालिकास्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंसिर मसान्तभित्र गरिसक्ने निर्णय गरेको छ ।