भूकम्प पीडितसँग राष्ट्रपतिले भने – सहयाेगका लागि सरकार छ भनेर साेच्नुहाेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूकम्प पीडितसँग राष्ट्रपतिले भने – सहयाेगका लागि सरकार छ भनेर साेच्नुहाेला

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०८०, मंगलवार

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिपत्तिको बेलामा कोही छैन भनेर नआत्तिन र हामीलाई मद्धत गर्ने सरकार छ भनेर सोच्न आग्रह गरेका छ्न् । उनले हामी सबै मिलेर विपत्तिको सामना गर्न आग्रह गर्दै भने -सबै मिलेर यो विपत्तिको सामना गरौं । लोकतन्त्र तपाईंहरूको साथ छ। भूकम्प प्रभावितहरुको अवस्था बुझ्न आज भुकम्पको केन्द्रबिन्दु जाजरकोटको बाराकोटेको रामीडाँडा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ भूकम्पपीडित, जनप्रतिनिधि र स्थानीयहरुसँगको छलफलमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् ।

    उनले भने “अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला, हाम्रो सरकार छ भन्ने सोच्नु होला ।” विपतको समयमा युद्धस्तरमा काम गर्नुपर्ने उल्लेख गर्दै यो बेलामा एकैपटक १० वटा कुरा सोच्ने र सोचेभन्दा बढी ११ वटा काम गर्नुपर्ने अवस्था हो भने । उनले जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिए ।

    No description available.

    राष्ट्रपति पौडेलले भने , “दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउदै नपाउने अवस्था नआओस । हामी सबै मिलेर विपतीको सामाना गरौ, लोकतन्त्र तपाईहरूको साथमा छ ।” राष्ट्रपति पौडेलले अहिले राजा महाराजको जमाना हैन, संघीय लोकतान्त्रिक गणतन्त्रको समय हो, जनतालाई दुःख पर्दा सरकार जनतासँगै हुनुपर्छ र सरकार भुकम्प प्रभावितहरूको आवश्यक प्रवन्ध गर्न सदैव प्रयत्नशील बन्नुपर्छ भने ।

    No description available.

    राष्ट्रपतिले पौडेलले आफू विगतमा झाडापखालाका महामारी हुँदा यस क्षेत्रका जनतासँगै रहेको प्रसंग उल्लेख गर्दै विनकाशकारी भूकम्पको यस प्राकृतिक विपत्तिमा दुःख परेको बेलामा पनि तपाईहरुसँगै छु भने । “यो दुर्भाग्यपूर्ण र प्राकृतिक विपत्तिको दुःखद घटना हो, तपाईहरूको दुःखमा साथै रहन र राहत र उद्दारमा भइरहेका कामहरूको अवस्था बुझ्न साथै यहाँको अल्पकालिन र दीर्घकालिन पुर्नस्थापनाको प्रवन्धलाई प्रभावकारी बनाउनपर्छ भनेर पनि म यहाँ आएको हु”, उनले भने ।

    No description available.

    उनले तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रवन्ध तथा दीर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे ।

    No description available.

    सो अवसरमा बारेकोट गाउपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरी मध्ये २४० पूर्णरुपमा ध्वस्त भएको, १ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराए ।

    सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताएका थिए । भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुग्नुभएका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाईतेहरुलाई भेटेका थिए भने भूकम्पपीडित, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग छलफल गरेका थिए ।

    No description available.

    साथै भूकम्पले क्षतिग्रस्त घरहरुको पनि अवलोकन गरेका थिए। त्यसपछि उनी यसपटकको भूकम्पको केन्द्रविन्दु वनेको जाजरकोटको रामीडाँडा क्षेत्र पुगेकाे राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछिको अवस्था अनुकुल नभएको भन्दै राष्ट्रपति पौडेलले २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण सोमबार स्थगित गरेका थिए ।

    No description available.