काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल चढेको नेपाली सेनाको हेलिकप्टरमा सुर्खेतबाट एक जना घाइतेलाई काठमाडौं ल्याइएको छ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पले घाइते भएका एक जनालाई काठमाडौं ल्याइएको हो।
मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए। त्यहाँबाट फर्किनेक्रममा राष्ट्रपति चढेको नेपाली सेनाको हेलिकप्टरमा जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई सुर्खेतबाट थप उपचारको लागि काठमाडौं ल्याइएको हो।
जाजरकोटमा गएको भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ। जाजरकोटमा मात्रै १०१ जना र पश्चिम रूकुममा ५२ जनाको मृत्यु भएको थियो।