पत्रकार लामिछानेलाई धम्की दिएकोप्रति महासंघद्वारा खेद व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार लामिछानेलाई धम्की दिएकोप्रति महासंघद्वारा खेद व्यक्त

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८०, बुधबार

    दमौली । अनलाइन खबर र पब्लिक फोरके टेलिभिजनका संवाददाता सविन लामिछानेलाई सवारी चालक सुजन श्रेष्ठले धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ तनहुँले खेद व्यक्त गरेको छ ।

    व्यास-६ सिन्धु मार्गमा चल्ने ग १ ज ७५०५ नम्बरको सवारीसाधनले क्षमता भन्दा बढी यात्रु बोकेको समाचार प्रकाशन गरेपश्चात श्रेष्ठले लामिछानेलाई धम्की दिएको भन्दै खेद व्यक्त गरिएको हो ।

    श्रेष्ठले लामिछानेको घरमा पुगी बाबुआमालाई गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको जनाइएको छ । उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै महासंघले दोषीलाई कारवाहीको माग गरेको छ ।

    लामिछानेले बुधबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै जिउज्यानको सुरक्षाको माग गरेका थिए ।